PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

‘जुनुको जुत्ता’ले पायो फिल्म ओलम्पियाडमा स्वर्ण पदक



पहिलोपोस्ट

‘जुनुको जुत्ता’ले पायो फिल्म ओलम्पियाडमा स्वर्ण पदक

काठमाडौं : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता - द सुज अफ अ लिटल गर्ल’ले ग्रिसको एथेन्स फिल्म ओलम्पियाडमा स्वर्ण पदक जित्न सफल भएको छ।

यो फिल्मले बेस्ट प्रमिसिङ डाइरेक्टरको विधामा स्वर्ण पदक पाप्त गरेको छ। साथै बेस्ट फिल्मको विधामा यो फिल्मले रजत पदक जितेको हो। साथै अन्य विभिन्न विधामा फिल्मले चार रजत पाउनुका साथै तीन कास्य पदक समेत जितेको छ।

केदार श्रेष्ठ निर्देशित यो फिल्मले यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु पाइसकेको छ।

‘जुनुको जुत्ता’ जुत्ता चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। उनको वरिपरीका आमा, शिक्षक लगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली पाउँछिन्। र, चप्पल उल्टो नलगाउने उपायको खोजीमा लाग्छिन्।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell