PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्टर्लिङको गोलमा क्रोएसियामाथि इङ्ग्याण्डको संघर्षपूर्ण जित



पहिलोपोस्ट

स्टर्लिङको गोलमा क्रोएसियामाथि इङ्ग्याण्डको संघर्षपूर्ण जित
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियामाथि संघर्षपूर्ण जित निकालेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इङ्ग्याण्डले १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा इङ्ग्ल्याण्डका रहीम स्ट्रलिङले निर्णायक गोल गरे। उनले खेलको ५७ औं मिनेटमा केल्भिन फिलिप्सको गोलमा टिमलाई अग्रता दिलाएका थिए।

समूह 'डी' मा इङ्ग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक र स्कटल्याण्ड छन्।

आजै हुने दोस्रो खेलमा समूह 'सी' को खेलमा अस्ट्रिया र नर्थ म्यासोडोनिया प्रतिस्पर्धा गर्नेछन्। रोमानियाँ स्थित नेशनल एरेना स्टेडियममा बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। त्यस्तै समूह 'सी' कै अर्को खेलमा नेदरल्याण्ड्स र युक्रेन प्रतिस्पर्धामा उत्रने छन्। खेल नेदरल्याण्ड्सको एम्सटरड्याम स्टेडियममा पौने १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell