PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

गरिब मुलुकहरुलाई १ अर्ब कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने जी-सेभेन राष्ट्रहरुको प्रतिज्ञा



पहिलोपोस्ट

गरिब मुलुकहरुलाई १ अर्ब कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने जी-सेभेन राष्ट्रहरुको प्रतिज्ञा
Photo: Reuters

प्रमुख औद्योगिक राष्ट्रका राष्ट्रप्रमुखहरुले गरिब मुलुकहरुलाई एक बिलियन (१ अर्ब) कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने प्रतिज्ञा गरेका छन्। जी-सेभेन सम्मेलनमा सदस्य राष्ट्रहरुले यस्तो प्रतिज्ञा गरेका हुन्

सो क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो निर्णय विश्वलाई खोप पुर्‍याउने लक्ष्यमा एउटा ठूलो कदम हुने टिप्पणी गरे। कोर्नवालमा भएको सम्मेलनमा प्रधानमन्त्री जोनसनले राष्ट्रवादी स्वार्थलाई अस्वीकार गरिएको बताए।

विश्वलाई नै कोभिड-१९ विरुद्धको खोपको पहुँचमा पुर्‍याउन सके जी-सेभेनको महत्व दर्शिने उनले बताए। जी सेभेनका राष्ट्रप्रमुखहरुले प्रत्यक्ष रुपमा वा संयुक्त राष्ट्र संघको कोभ्याक्स कार्यक्रममार्फत खोपलाई गरिब राष्ट्रको पहुँचसम्म पुर्‍याउने प्रतिज्ञा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell