PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकप छनोटको खेल खेलेर स्वदेश आइपुग्यो नेपाली टोली

विश्वकप छनोटको खेल खेलेर स्वदेश आइपुग्यो नेपाली टोली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : विश्वकप छनोट अन्तर्गतको खेलहरु खेलेर नेपाल आज स्वदेश फर्किएको छ। जेठ ११ गते नेपालबाट गएको नेपाली टोलीले इराकमा मैत्रीपूर्ण खेल र कुवेतमा विश्वकप क्वालिफायर्सको खेल खेलेर आज स्वदेश फर्किएको हो।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीने प्रशिक्षण सम्हालेपछि छोटो तयारी पछि इराक हुँदै कुवेत पुगेको नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गतको खेलमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेलेको थियो। चाइनिज ताइपेईमाथि २-० को जित निकालेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजय ब्यहोरेको थियो। त्यसअघि इराकसँग मैत्रीपूर्ण खेलमा ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।

विश्वकप छनोट अन्तर्गतको समूह बी मा रहेको नेपालले दुई जित निकाल्दै समूहको चौथो स्थानमा रह्यो। नेपालले दुबै खेल चाइनिज ताइपेइ विरुद्ध जितेको थियो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, कुवेत, जोर्डन र ताइपेइ थिए। चौथो स्थानमा रहेको नेपालले अब एसियन कपको तेस्रो चरणका लागि प्लेअफ खेल्ने अवसर पाउने छ।



ट्रेन्डिङ पोस्ट

Ncell