PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

युरो कपमा उत्तर म्यासेडोनियामाथि अष्ट्रियाको सानदार जित



पहिलोपोस्ट

युरो कपमा उत्तर म्यासेडोनियामाथि अष्ट्रियाको सानदार जित
Photo: uefa.com

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा अष्ट्रियाले उत्तर म्यासेडोनियामाथि जित निकालेको छ। नेशनल एरेना बुकारेस्टमा भएको खेलमा अष्ट्रियाले उत्तर म्यासेडोनियामाथि ३-१ गोलको सानदार जित निकालेको हो।

पहिलो हाफ १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा अष्ट्रियाले दुई गोल थपेको थियो। १८ औँ मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाए। २८ औँ मिनेटमा उत्तर म्यासेडोनियाका गोरन पान्देभले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

त्यस्तै, अष्ट्रियाका माइकल ग्रेगोरिच ७८ औँ मिनेटमा गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए। त्यसपछि मार्को अर्नाउटोभिकले ८९ औँ मिनेटमा गोल गर्दै अष्ट्रियालाई ३-१ को जित दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell