PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोपा अमेरिका: ब्राजिलको सानदार सुरुवात



पहिलोपोस्ट

कोपा अमेरिका: ब्राजिलको सानदार सुरुवात
Getty Images

कोपा अमेरिकाको उदघाटन खेलमा घरेलु टोली ब्राजिलले सानदार सुरुवात गरेको छ। स्टेडियो नेशनल डी ब्रसिल्लामा सम्पन्न प्रतियोगिताको उदघाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३-० को सानदार जित निकालेको हो।

खेलको २३ औं मिनेटमा मार्क्विन्होसको गोल अग्रता बनाएको ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा नेइमारले ब्राजिलको अग्रता दोब्बर बनाए। उनले खेलको ६४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता बनाएका थिए। त्यस्तै ८९ औं मिनेटमा गाब्रियल बरबोसाले नेइमारको पासमा गोल थप्दा घरेलु टोली ३-० को सहज जित निकाल्न सफल भयो।

प्रतियोगिताको आयोजक अन्तिमसमयमा परिवर्तन गरेपछि विवादमा तानिएको कोपा अमेरिका अन्तत सुरु भएको छ। कोलम्बिया र अर्जेन्टिनामा गर्ने भनिएको यो प्रतियोगिता राजनीतिक तनाव र कोभिड महामारीको कारण देखाउँदै दक्षिण अमेरिकी फुटबल संघले प्रतियोगिता ब्राजिलमा सारेको थियो। यद्यपि ब्राजिलमा प्रतियोगिता गराउन अझ जोखिमपूर्ण हुने भन्दै ब्राजिल भित्र र बाहिर पनि विरोध भएको थियो। प्रतियोगिता आयोजनाको पूर्व सन्ध्यामा भेनेजुएलाका ८ जना खेलाडी कोभिड संक्रमण पुस्टी भएको थियो। त्यस्तै बोलिभियाको ३ जनालाई पनि कोभिड संक्रमण पुस्टी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell