PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

जनमोर्चा सांसद कृष्ण थापाविरुद्धको मुद्दा विश्वम्भर र कुमारको संयुक्त इजलासमा



पहिलोपोस्ट

जनमोर्चा सांसद कृष्ण थापाविरुद्धको मुद्दा विश्वम्भर र कुमारको संयुक्त इजलासमा

काठमाडौं : राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापाविरुद्धको मुद्दा पेशीमा चढेको छ।

सांसद थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै परेका तीन वटा भ्याकेट निवेदनमा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ। इजलासको तेस्रो नम्बरमा पेशीमा चढेको हो।

थापाविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकीका सभामुख र गण्डकी प्रदेशसभा सचिवालयले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो।

जेठ २७ गते नै निवेदन पेशीमा चढे पनि सुनुवाइको पालो आएन।

गण्डकीको सत्ता समीकरणको कसरत चलिरहँदा थापा जेठ २० गते कारवाहीमा परेर पदमुक्त भएका थिए। प्रक्रिया मिचिएको भन्दै सर्वोच्चले २२ जेठमा पुनर्वहाली गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell