PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

युरोकपमा आज तीन खेल: पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिक भिड्दै



पहिलोपोस्ट

युरोकपमा आज तीन खेल: पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिक भिड्दै

यूईएफए युरोकपमा आज तीन खेलमा हुँदैछन्।

आज हुने पहिलो खेलमा समूह 'डी' का चेक रिपब्लिक र स्कटल्याण्ड भिड्नेछन्। स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा खेल साँझ पौने ७ बजे सुरु हुनेछ। यसअघिको समूह 'डी' को खेलमा क्रोएसियालाई हराउँदै इङ्ग्ल्याण्डले तीन अंक जोडेको थियो।

त्यस्तै आजै हुने हुने दोस्रो खेलमा समूह 'ई' का पोल्याण्ड र स्लोभाकिया भिड्नेछन्। खेल बेलुकी पौने १० बजे क्रिस्टोभ्स्की स्टेडियममा हुनेछ। त्यस्तै भरे राति नै हुने अर्को खेलमा घरेलु टोली स्पेनले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ। स्टेडियो डे ला कार्टुजामा बेलुकी पौने १ बजे खेल सुरु हुनेछन।

समूह डी मा चेक रिपब्लिक, स्कटल्याण्ड, क्रोएसिया र इङ्ग्लयाण्ड छन्। त्यस्तै समूह ई मा पोल्याण्ड, स्लोभाकिया, स्पेन र स्वीडेन रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell