PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाली राष्ट्रिय क्रिकेट टोलिको जर्सी डिजाइन गर्नेलाई 'माई सेकेन्ड टिचर'ले १ लाख दिने



पहिलोपोस्ट

नेपाली राष्ट्रिय क्रिकेट टोलिको जर्सी डिजाइन गर्नेलाई 'माई सेकेन्ड टिचर'ले १ लाख दिने

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धी आह्वान भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले खुला प्रतिस्पर्धाको विजेताले एक लाख रुपैयाँ पाउनेछन्।

जर्सी डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ। जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने जनाइएको छ। राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने नियम उल्लेख गरिएको छ।

'हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरेका हौँ। आशा छ यसमा धेरै भन्दा धेरैले भाग लिने छन् र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउने छ,' माइ सेकेन्ड टिचरका सह संस्थापक सुलभ बुढाथोकीले भने।

प्रतिस्पर्धामा सहभागी हुन चाहनेले आफ्नो डिजाइन जुनको १४ तारिख सम्ममा बुझाउनु पर्नेछ।  दिने डिजाइन क्यानको इमेल [email protected] मा गर्न पर्ने हुन्छ।

यसै बीच माई सेकेण्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाख दिँदैछ। साथै उक्त शृंखलाका क्रममा डेब्यु गर्ने चार खेलाडी कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक लाख प्रदान गर्ने भएको छ।

विज्ञापन एजेन्सी एड प्याडमार्फत् क्यान र एमएसटीको सहकार्य भएको एजेन्सीका प्रबन्ध निर्देशक सुरज गिरीले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell