PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम संसदमा पेस



पहिलोपोस्ट

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम संसदमा पेस
फाइल फोटो।

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गरेको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमवारको प्रदेश सभा बैठकमा कोभिड-१९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम पेस गरेकी छिन्।

प्रदेशमा कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउने, कोरोनाका कारण सिर्जना भएका समस्या हल गर्ने, प्रदेशका सम्पूर्ण नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। महिलाको स्तन क्यान्सर, पाठेघर र आङ खस्ने समस्याको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको असरलाई सम्बोधन गर्ने तथा सरकारले कोरोनाका कारण बाबुआमा र परिवार गुमाएका बालबालिका र आफन्तलाई नगद राहतको व्यवस्था गर्ने छ।

प्रदेशमा शिक्षा क्षेत्र सुधार गर्नका लागि प्रदेश प्रमुखसँग शिक्षा सुधार कार्यक्रम ल्याइएको छ। साथै, गण्डकी प्रदेश पुस्तकालय स्थापना र सञ्चालन हुने भएको छ। प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने भएको छ।

गण्डकीमा नेकपा (एमाले) सरकार ढलेपछि शनिवार गठन भएको कांग्रेस नेतृत्वको सरकारलाई असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता छ। बजेटको तयारीका लागि कम समय भएकाले मुख्यमन्त्री पोखरेलले सपथ लगत्तै नीति तथा कार्यक्रमका विषयमा विज्ञ र सांसहरुसँग बसेर छलफल शुरु गरेका थिए। प्रदेशमा मन्त्रीको कार्यविभाजन नभएका कारण नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै नेतृत्वमा बजेट ल्याउन लागेका हुन्।

छलफल  गरी पारित गरेर बजेट ल्याउने सरकारको तयारी छ। नयाँ सरकार गठनको प्रक्रिया र कानुनी बाध्यताले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले कम समयको तयारीमा हतारो गरेर बजेट ल्याउन लागेको हो।

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका सिद्धान्त तथा प्राथमिकतामा टेकेर नीति कार्यक्रम प्रस्तुत भएको छ। बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा भने यसअघि नै छलफल भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell