PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वायुसेवा निगमको सुधारका लागि एक साताको समय, त्यसपछि आफूले हस्तक्षेप गर्ने मन्त्री अरगरियाको चेतावनी



पहिलोपोस्ट

वायुसेवा निगमको सुधारका लागि एक साताको समय, त्यसपछि आफूले हस्तक्षेप गर्ने मन्त्री अरगरियाको चेतावनी

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्।

सोमबार काठमाडौको न्युरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन्। उनले निगममा देखिएको कमीकमजोरी सच्चाउन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी दिए। निगमसँग आन्तरिक उडानका लागि पर्याप्त जहाज हुँदाहुँदै पनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए। उनले विगत एक बर्षदेखि आन्तरिक उडान नहुनुको वस्तुनिष्ट कारण खोजिने उल्लेख गरे।

कोरोनाले हवाइसेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुखमात्र नताकी निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए। त्यस्तै उनले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमताअनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिए। उनले विगतको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजारहिस्सामा स्वामित्व जमाउन आक्रामक ढंगले लाग्न पनि निर्देशन दिए।

सो क्रममा निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए। निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए। कोरोनाको दोस्रो संक्रमणका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न नसकिएको उनले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell