PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विपक्षी गठबन्धनका नेता जुटे राजनीतिक परामर्शमाः देउवा, प्रचण्ड र नेपालको कोटेश्वरमा भेटवार्ता



पहिलोपोस्ट

विपक्षी गठबन्धनका नेता जुटे राजनीतिक परामर्शमाः देउवा, प्रचण्ड र नेपालको कोटेश्वरमा भेटवार्ता

काठमाडौं : विपक्षी गठबन्धनका नेताहरु फेरि पनि राजनीतिक छलफलमा जुटेका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा नेता नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको नेपाल निकट एक नेताले जानकारी दिए।

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारेमा भेटमा छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र झलनाथ खनाल पक्षलाई सहभागी गराएर स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेपछि देउवा र प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन्।

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका सांसदहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि नेपाललाई एमाले एकताको लागि दबाब छ। नेपाल समूहका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग मिल्नुपर्ने भन्दै नेपाललाई दबाब दिइरहेका छन्।

वाग्मती, प्रदेश १ र लुम्बिनीमा एमालेका सांसदहरु एकमत भएका छन्। एमालेका सांसदहरु एकजुट भएपछि प्रदेश सरकारहरुले नीति तथा कार्यक्रम पारित गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell