PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री ओली : कोभिड-१९ को दोस्रो लहर नियन्त्रणमा छ, अब खाँचो खोपको



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री ओली : कोभिड-१९ को दोस्रो लहर नियन्त्रणमा छ, अब खाँचो खोपको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड-१९ को दोस्रो लहर नियन्त्रणमा रहेको बताएका छन्। सीएनबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई अब कोभिड-१९ विरुद्ध खोपको खाँचो रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले अत्यधिक संक्रामक र अधिक प्राणघातक रहेको कोभिड-१९ को दोस्रो लहर मार्चको अन्तिमबाट शुरु भएको भन्दै संक्रमण दर र मृत्यु दर निकै तीव्र रुपमा बढ्दा अस्पताल बेड तथा स्वास्थ्योपचारलगायत स्रोत साधनको अभाव सिर्जना भएको बताए। 
कोभिड-१९ को दोस्रो लहर शुरु हुँदा निकै गम्भीर संकटको अवस्था रहेको उनको भनाइ थियो। तर, महामारी नियन्त्रणको लागि सरकारले बिस्तारै कदमहरु चाल्दै गएको ओलीले बताए।

उनले भने, ‘यो अवस्थामा हामी विश्वभरका राष्ट्रप्रमुखहरु, खोप उत्पादकहरु, परोपकारी संगठनहरुसँग सहयोगको अपेक्षा गर्दछौँ, हामीलाई सहयोग गर्ने छिमेकी तथा मित्र राष्ट्रहरु र सबै संघसंस्थाहरुलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

कोभिड-१९ नियन्त्रणको लागि सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने लगायतका कार्यहरु गरेको भन्दै प्रधानमन्त्री ओलीले यसमा जनस्तरबाट पनि सहयोग पाएको बताए। जसकारण कोभिड-१९ को दोस्रो लहर नियन्त्रणमा रहेको र घट्दै गइरहेको उनको भनाइ थियो।

अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्रीलगायतको अभावलाई कम गर्दै लगिएको उनले बताए।

‘अब हामीलाई खोपको खाँचो छ,’ प्रधानमन्त्री ओलीले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell