A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab2f3cfb0d9f6.75480129): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab2f3cfb0d9f6.75480129,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab2f3cfb44255.32272718): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab2f3cfb44255.32272718,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab2f3cfb9b587.79736657): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab2f3cfb9b587.79736657,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'भेन्टिलेटर'मा बाँचिरहेको कांग्रेस 'कोल्याप्स' हुने खतरामा: 'रुख' अर्कैले लैजाने चिन्तामा रामचन्द्र पौडेल
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

'भेन्टिलेटर'मा बाँचिरहेको कांग्रेस 'कोल्याप्स' हुने खतरामा: 'रुख' अर्कैले लैजाने चिन्तामा रामचन्द्र पौडेल



नेत्र तामाङ

'भेन्टिलेटर'मा बाँचिरहेको कांग्रेस 'कोल्याप्स' हुने खतरामा: 'रुख' अर्कैले लैजाने चिन्तामा रामचन्द्र पौडेल

काठमाडौं: मध्य बर्खामा महाधिवेशनको मिति तोकिएपछि नेपाली कांग्रेसका नेतादेखि कार्याकर्ताले योपटक पनि महाधिवेशन नहुने हो कि भन्ने आशंका व्यक्त गर्न थालेका छन्। सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन हुने प्रतिवद्धता जनाए पनि पटक-पटकको मिति परिवर्तनले कार्यकर्तामात्र हैन नेताहरुले समेत शंका गर्न थालेका हुन्।

पछिल्लो समय कांग्रेसले  भदौ ७ बाट हुने भनिएको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्ममा सक्नेगरि गर्ने नयाँ मिति प्रस्ताव गरिएको छ। बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले नयाँ मिति प्रस्ताव गरेको हो। गाउँदेखि प्रदेश अधिवेशनको मितिमा समेत हेरफेर गरिएको र यो प्रस्ताव असार ३ गते डाकेको केन्द्रीय समितिले अनुमोदन गर्ने विश्वास गरिएको छ। कोरोना कहर र बर्खाको भेलले कतै कांग्रेस महाधिवेशन अवरुद्ध पार्ने त होइन? थप डर नेता कार्यकर्ताले व्यक्त गरेका छन्।

यसै विषयमा कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमबार जुममार्फत महाधिवेशनबारे छलफल कार्यक्रम चलायो। कार्यक्रममा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनबारे जिल्ला सभापति, केन्द्रीय नेता र कार्यकर्ताले समेत तोकिएको समयमा महाधिवेशन हुनेमा शंका व्यक्त गरे।

महाधिवेशनसम्बन्धी भएको भर्चुअल सम्वादमा वरिष्ठ अधिवक्ता तथा विश्लेषकरुले पार्टीको अवस्था जीवनमरणको दोसाँधमा रहेको बताए।

'कांग्रेसको विधानै मिलेको छैन'

समयमै महाधिवेशन नभएका कारण अहिले कांग्रेस संविधानको सहारा लिएर बाँचिरहेको छ। २०७२ फागुन २४ गते ४ वर्षका लागि अहिलेको कार्यसमिति चुनेको थियो। २०७६ फागुन २४ मा उनको कार्यकाल सकिए पनि महाधिवेशन हुन सकेन। पार्टीको विधानको धारा ४३ प्रयोग गरी देउवाले आफ्नो कार्यकाल २०७७ फागुन २४ सम्म एक वर्ष थप गरेका थिए। त्यसभित्र पनि महाधिवेशन गर्न नसकेपछि संविधानको सहारा लिएर कार्यकाल अझै ६ महिना थप गरिएको छ। कार्यकाल यही भदौमा सकिँदैछ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालले नेपालको संविधानसँग कांग्रेसको संविधान बाझिएको बताए। देशको मूल कानुनसँग बाझिने खालको विधान संशोधन हुनुपर्ने उनको भनाई थियो। सबै दलको महाधिवेशन पाँच वर्षमा हुने संविधानमा उल्लेख भए पनि कांग्रेसको विधानमा भने ४ वर्षको रहेको जनाएका छन्।

'संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा ५ वर्षमा महाधिवेशन हुनुपर्ने उल्लेख। यो अवधिमा नभएमा ६ महिना थप गर्न सकिन्छ,' खनालले भने, 'कांग्रेस पार्टीको विधानमा भने ४ वर्षमा महाधिवेशन हुनुपर्ने उल्लेख छ। त्यसपछि एक वर्ष असाधारण परिस्थिति। अनिमात्र संविधानको सहारा रे।'

अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि नेपालको संविधान अनुकूल विधान संशोधन गर्न सुझाव दिए। कांग्रेसले भदौ १६ बाट महाधिवेशन गर्ने भनेर नयाँ प्रस्ताव राखे पनि क्रियाशील छानबिन, कोरोना संक्रमणजस्ता विषयले शंकाको घेरामा परेको उनको भनाई थियो।

'क्रियाशील सदस्यता छानबिन भएको छैन। कोरोनाको बेला के गर्ने भन्ने होला। सबै शक्तिविरुद्धमा लाग्ने कांग्रेस डराउनुहुन्न,' वरिष्ठ अधिवक्ता दाहालले भने।

उनले महाधिवेशन अघि निर्वाचन भएमा पार्टी अप्ठेरो अवस्थामा पुग्नसक्ने बताए।

'निर्वाचन गर्ने बेला कसरी दर्ता गर्ने? संविधानको धारा २७१ अनुसार अप्ठेरो पर्न सक्छ। निर्वाचन आयोग प्रयोग कांग्रेसलाई झनै अप्ठेरो पर्न सक्छ,' उनले थप भने,'जरिवानाको पछि हामी नलागौँ।'

'कांग्रेस भेन्टिलेटरमा छ'

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस अहिले भेन्टिलेटरमा रहेको बताए। उनले पार्टी चलायमान हुन नसक्दा राजा महाराजाको हात्तीजस्तो भएको समेत तर्क पेस गरे।

'कांग्रेस अहिले भेन्टिलेटरमा छ। पार्टीहरुमा यस्तो हुन्छ। समय परिस्थिति अनुसार चल्नुपर्छ। यो पार्टी जीवनका लागि मात्र हैन देशका लागि पनि आवश्यक छ,' विश्लेषक आचार्यले भने।

कांग्रेस नेतृत्व आफ्नै पौरखबाट अगाडि नबढ्ने हो भने पतन हुन बेर नलाग्ने उनको चेतावनी थियो।

'केन्द्रीय समिति राजा महाराजाको हात्तीजस्तो भयो। स्मार्ट भएन। कोरोना कहरमा नेताहरु बाहिर निस्कन सकेन। विश्वका नेताहरु बाहिर निस्केका थिए। आफ्नो पौरखबाट कांग्रेस अघि बढ्नुपर्छ। यसरी नै आफ्नै तालमा अघि बढ्ने हो भने पतन हुन बेर छैन। यसबाट जोगाउने नेता अबको सभापति छानिनुपर्छ,' आचार्यको सुझाव रह्यो।

'रुख चिन्ह अर्कैले लैजाने चिन्ता'

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्तो समय आउन सक्छ भनी सचेत गराउँदा गराउँदै यस्तो भएको बताए।

'यस्तो अवस्था आउँछ भन्दाभन्दै आयो। सचेत गराउँदा गराउँदै भन्दाभन्दै यस्तो अवस्था आयो,' उनले भने, 'सुनौलो भविषयका लागि समयवद्ध काम गरौ भन्दै आएको छु।'

पौडेलले चार वर्ष बित्न एक वर्ष बाँकी छँदै समयमा नै महाधिवेशन हुनुपर्ने बताउँदै आएका थिए। यद्यपि कांग्रेसका केही नेताहरुले अर्ली महाधिवेशनको मागसमेत गरेका थिए।

'हाम्रो भन्नु समयवद्ध काम गर्नुपर्‍यो भन्ने हो। अहिले धोकाको स्थितिमा आइपुगेको छ। विचित्रको अवस्थामा आइपुगेको छ' पौडेलले भने।

पौडेलले सभापति देउवातिर इंगित गर्दै सत्तामा भन्दा महाधिवेशनतिर ध्यान दिनसमेत सचेत गराए। 'सत्तालाई भन्दा व्यवस्थालाई ध्यान दिउँ सत्तामामात्र ध्यान नदिउँ। पावरमा एकचोटी पुगेपछि उसको बिर्ताजस्तो बनाए। थर्ड वर्ल्डमा यस्तो हुने रहेछ,' उनले भने।

अधिवेशन गर्नैपर्ने यो वाध्यता भएकोले भदौ गुजार्‍यो भने पार्टीको दर्ता खारेज हुन सक्ने चेतावनी दिए। भने,'यो मिति गुजार्‍यो भने पार्टीको दर्ता खारेज हुनसक्छ। रुख चिन्ह अर्कैले लान सक्छ। बेइज्जती हुन्छ। यसको विकल्प छैन। जरिवाना तिरेर अपमान सहनेतिर नलागौँ। कोरोनाको बेला पदका लागि महाधिवेशन चाहियो भनेर आरोप लगाउने पनि देखिन्छन्। यस्तो मान्छे पार्टीमा कसले जन्मायो?'

नेता एवं विश्लेषक प्रदीप गिरिले देउवाको आरोपलाईलाई उद्धृत गर्दै पौडेल पक्षले पनि सोच्नुपर्ने बताए। 'सभापति देउवाको भनाई प्रतिपक्षीले साथ दिएन भन्ने छ। यस्तो भनाई गम्भीर छ। दुबैले सोच्नुपर्छ,' गिरिले भने।

अहिले भ्रातृ संस्थाहरुको अवस्था कठपुतली जस्तै भएको उल्लेख गर्दै गिरिले विकेन्द्रीकरणको सिद्धान्त अनुसार महाधिवेशन गर्न सकिने सुझाव पेस गरे। 'नेविसंघलाई कठपुतली बनाएको छ। तरुण दलको अवस्था यस्तै छ। जिल्ला-जिल्लामा बुथ राखेर गर्न सकिन्छ,' गिरिको भनाई थियो।

'कांग्रेस खहरे-खोला जस्तो भइसक्यो'

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी खहरे खोलाजस्तो भएको टिप्पणी गरेका छन्।

भर्चुअल सम्वादमा नेता सिंहले भने, ‘अहिले खहरे खोलाको क्यारेक्टरमा उत्रियो कांग्रेस। महाधिवेशन आउन लाग्दा बर्खामा खहरे खोला उर्ले झै भयो। अरु बेला सामसुम हुन्छ। संस्थागत नभएको कारणले यस्तो भएको हो।’

कांग्रेस सक्रिय नहुने हो भने प्रजा परिषद्को हालतमा पुग्न बेर नलाग्ने सिंहको चेतावनी छ।

‘ए कांग्रेस बी कांग्रेस भन्न थाल्यो भने खोज्नुपर्ने अवस्था आउन सक्छ। कोरोनाको प्रोटोकल मेन्टेन गरेर गरेमा हुन्छ। सात वटा प्रदेशमा गरेमा धेरै राम्रो हुन्छ,’ उनले भने।

सिंहले असार २० सम्म क्रियाशील सदस्यको विवाद टुंग्याउनै पर्ने बताए। ‘पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म नियममा बस्नुपर्‍यो। कांग्रेसको आइडोलोजी राम्रो छ। प्रजातान्त्रिक अभ्यास पनि हुँदै आएको हो। यसले प्रजातन्त्रको लागि फाइट गरेको भएकाले इन्टरनेशनल एरेनामा राम्रो छ। करेक्सन गनुपर्ने कुरा के हो भने संस्थागत गर्नुपर्छ,’उनले भने।

नेता शेखर कोइरालाले कांग्रेसले केही काम नै गर्न नसकेको धारणा व्यक्त गरे। समयमा महाधिवेशन गर्न नसकेमा मुद्दा मामिला पर्न सक्ने र पार्टी नै नरहने अवस्थामा पुग्ने उनको चेतावनी थियो।

कोइरालाले भने, 'मुद्दा हाल्ने अवस्था आउन सक्छ। कांग्रेस पार्टी नै नरहने अवस्था आउन सक्छ।'

'मिति सरेमा आत्मघाती हुन्छ'

नेता गगन थापाले तय भएको पार्टीको १४औं महाधिवेशन पछि सार्न नहुने बताए। छलफलमा उनले कांग्रेस गुनासो गर्ने पार्टी मात्रै भएको र जनतामा सन्देश लिएर जान नसकेको समेत बताए। महाधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्छु भनेर भन्नु 'गफ' रहेको थापाको तर्क थियो।

'सबैले खेलको नियम बनायो तर खेल्ने बेला नियम लागू गरिएन। जे-जे गर्न हुँदैन भनियो त्यही-त्यही गर्दै हिँडियो। अरु बेला विधान मिच्ने अप्ठेरो परेपछि विधानको सहारा लिने कांग्रेसमा भइरहेको छ। हाम्रो म्यासेज के हो त्यसमा लाग्नुपर्‍यो। गुनासोमात्र गर्ने पार्टी भयो। मेसेज लिएर जानुपर्‍यो', थापाले भने, 'अर्को मिति खोज्न थालियो भने यो आत्मघाती हुन्छ। भदौमा अधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्न सक्छु भन्ने गफ नगरौं। हामीले सभापतिलाई पनि भनिसकेका छौं। तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ। सबैले खेलको नियम बनायो तर खेल्ने बेला नियम लागू गरिएन। जे-जे गर्न हुँदैन भनियो त्यही-त्यही गर्दै हिँडियो। अरु बेला विधान मिच्ने अप्ठेरो परेपछि विधानको सहारा लिने कांग्रेसमा भइरहेको छ। हाम्रो म्यासेज के हो त्यसमा लाग्नुपर्‍यो। गुनासोमात्र गर्ने पार्टी भयो। मेसेज लिएर जानुपर्‍यो। अर्को मिति खोज्न थालियो भने यो आत्मघाती हुन्छ। भदौमा अधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्न सक्छु भन्ने गफ नगरौं। हामीले सभापतिलाई पनि भनिसकेका छौं। तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ।'

निरर्थक बहस नगर्न निधिको निर्देशन

काभ्रेका जिल्ला सभापति मधु आचार्यले सञ्चालन गरेको कार्यक्रममा पार्टीमा अधिकांश देउवाइतरका नेताहरुले धारणा राखेपछि उपसभापति विमलेन्द्र निधिले आफ्नो भनाई राखे। सबैभन्दा धेरै समय खर्च गर्दै उपसभापतिले नेताहरुलाई महाधिवेशन समयमै हुन्छ कि हुँदैन भनेर बहस गर्नु निरर्थक हुने बताए।

'महाधिवेशन संवैधानिक बाध्यता हो। लोकतान्त्रिक रुपमा कर्तव्य हो। त्यसैले यो समयमै हुन्छ। अब १४औं महाधिवेशन हुन्छ कि हुँदैन भनेर छलफल नै नगरौं। महाधिवेशन हुँदैन भनेर निरर्थक बहसमा नलागौं। जिल्लामा काम गर्न थालौं। वडामा तयारी थाल्नुस्,' उनले भने।

यद्यपि विधान संशोधन भने हुनै पर्ने उनको भनाई रह्यो

निधिले केही जिल्लाबाहेक सबै ठाउँको क्रियाशील सदस्यताको टुंगो लागिसकेको भन्दै असार ३ मा सबैको अनुमोदन हुने बताए। साथै, क्रियाशील सदस्यता छानबिनमा शंका नगर्न समेत आग्रह गरे।

यद्यपि कांग्रेसको ८ भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता विवाद सुल्झेको छैन। असार २० सम्म तोकिएको समय बर्खाको भेल र कोरोनाको बहानामा नेतृत्वले टार्ने पो हो कि? अनि विश्लेषक र कानुनविद्हरुले भने झै कांग्रेस पार्टी जरिवानाको लाइनमा पो उभिने हो कि? कांग्रेस कार्यकर्ताले भर्चुअल सम्वादको अन्त्यसम्मै प्रश्न उठाइरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell