PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

माधव नेपाल पक्षले सुदूरपश्चिममा गर्‍यो ओली पक्षका सात सांसदलाई कारबाही



पहिलोपोस्ट

माधव नेपाल पक्षले सुदूरपश्चिममा गर्‍यो ओली पक्षका सात सांसदलाई कारबाही
संसदीय दलको बैठक

कैलालीः सुदूरपश्चिममा नेकपा (एमाले) का सात सांसदलाई कारबाही गरिएको छ। अध्यक्ष केपी शर्मा ओली समूहका सांसदलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कारबाही गरेको हो।

सुदूरपश्चिममा माधव समूहको बहुमत छ। संसदीय दलको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्ने निर्णय भएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन्।

संसदीय दलले पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी र लीलाधर भट्टलाई १० दिन, माया तामाङ बोहरा, नेपालू चौधरी र गेल्बु सिंह बोहरालाई ७ दिनका लागि सदस्यबाट निलम्बन गर्ने निर्णय भएको विकले बताइन्।

उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मत दिन लगाइएको ह्विप उल्लङ्घन गरेका थिए। साथै नीति तथा कार्यक्रम पारितका लागि जारी भएको ह्विप पनि उनीहरुले उल्लङ्घन गरेका थिए। उनीहरूका आगामी गतिविधि हेरेर थप कारबाहीबारे निर्णय हुने संसदीय दलले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell