PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना महामारीमा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्झनामा बालियो मैनबत्ती

कोरोना महामारीमा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्झनामा बालियो मैनबत्ती

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोनाको महामारीका क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्मान तथा सम्झनामा मैनबत्ती बालिएको छ। मृतकका परिवारका सदस्यसहित रत्नपार्कको आकासे पुलमा मैनबत्ती बालेर सम्मान व्यक्त गरिएको हो।

कोरोनाको महामारीका क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर रत्नपार्कको आकासे पुलमा सडक कला समेत बनाइएको छ।

कलाकारहरू साङ्गे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जन तथा स्वयंसेवकहरु कुन्जाङ शेर्पा, अभिषेक आत्रेय र मातृका तिमिल्सिनाले सडक कला बनाएका हुन्। सो कामको नेतृत्व दुजांग शेर्पाले लिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell