PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बराबरीमा रोकिए स्पेन र स्वीडेन, पोल्याण्डलाई स्लोभाकियाले हरायो



पहिलोपोस्ट

बराबरीमा रोकिए स्पेन र स्वीडेन, पोल्याण्डलाई स्लोभाकियाले हरायो
Photo: Reuters

यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन्। स्पेनको सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेल अवधिभर बलमा आफ्नो पकड बनाएर स्वीडेनलाई दवाब दिएको स्पेन फिनिसिङमा चुकेको थियो। ८५ प्रतिशतभन्दा बढीसमय बल बल आफ्नो नियन्त्रमणमा राखेको स्पेनले आक्रमणको प्रयास पटकपटक बुनेर पनि गोल गर्नभने असफल रह्यो।

त्यसअघि सम्पन्न खेलमा स्लोभाकियाले बलियो मानिएको पोल्याण्डलाई हराएको थियो। क्रिस्टोभ्स्की रंगशालामा सम्पन्न खेलमा दश खेलाडीमा सीमित पोल्याण्डमाथि स्लोभाकियाले २-१ गोलअन्तरको जित निकालेको थियो।

खेलको १८ औं मिनेटमा गोलकिपर वोज्सिएचले आत्मघाती गोलगरेपछि स्लोभाकियाले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको पोल्याण्डलाई कारोल लिनेटेले गोल गर्दै खेल बराबरीमा ल्याए।

तर ६२ औं मिनेटमा गर्जजेगोर्ज क्रिछोविएक ६२ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिनु पोल्याण्डका लागि भारी पर्‍यो। र, स्लोभाकियाका लागि मिलन स्किनिअरले ६९ औं मिनेटमा गोल फर्काउँदे खेलको निर्णयाक गोल गरे। र, खेल अवधिभर राम्रो पकड बनाएको पोल्याण्ड पटकपटक आक्रमण गरेर पनि पराजित हुन पुग्यो।

यो सँगै समूह ई मा स्लोभाकिए ३ अंक जोडेर शीर्ष स्थानमा उक्लियो भने स्पेन र स्वीडेनले १/१ अंक जोडे। त्यस्तै पहिलो खेलमा पराजय ब्यहोरेको पोल्याण्डको युरोकपको सुरुवात सुखद रहन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell