PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोपा अमेरिका: बराबरीमा रोकियो अर्जेन्टिना



पहिलोपोस्ट

कोपा अमेरिका: बराबरीमा रोकियो अर्जेन्टिना

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली बराबरीमा रोकिएका हुन्।

खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा अघि रहेको अर्जेन्टिनासँग चिल्लीले दोस्रो हाफमा बराबरी गर्‍यो। खेलको ५७ औं मिनेटमा इडुआर्दा भार्गसले गोल गर्दै चिलीलाई बराबरीमा ल्याए। पेनाल्टीमा पाएको अवसरमा आर्टुरो भिडालले गरेको प्रहार अर्जेन्टिनाका गोलकिपर एलिमियानो मार्टिनेजले बचाउँदा रिबाउन्ड भएर आएको बललाई उनले सदुपयोग गर्दै गोल गरेका थिए। र, खेल १-१ को बराबरीमा रोकियो।

अघिल्लो हप्ता सम्पन्न विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोटमा पनि यी दुई टोली १-१ को बराबरीमा नै रोकिएका थिए।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell