PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु



पहिलोपोस्ट

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

काठमाडौंः पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

सप्तरी महादेवा गाउँपालिका वडा नम्बर २ मण्डल टोल बस्ने ५ वर्षीय बालिकाको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोमबार बिहान घर नजिकैको पोखरीमा आफन्तसँग नुहाउन जाँदा डुबेर मृत्यु भएको हो।

पोखरीमा डुबेपछि आफन्तले देखेर गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि लगेका थिए। उपचारको क्रममा नै बालिकाको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell