PahiloPost

May 15, 2024 | २ जेठ २०८१

निषेधाज्ञा लम्बियो : कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?



पहिलोपोस्ट

निषेधाज्ञा लम्बियो : कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?

काठमाडौंः कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि भन्दै देशभर निषेधाज्ञा गरिएको छ।

अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा रहेको छ। खोटाङ र मनाङ जिल्लामा मात्र निषेधाज्ञा गरिएको छैन। देशभर कोरोना संक्रमितको सङख्या घट्दै गए पनि स्थानीय प्रशासन कार्यालयहरुले निषेधाज्ञा हटाएका भने छैनन्। अझ केही दिन संक्रमणको जोखिम उच्च भएको कारण निषेधाज्ञा हटाउन नसेको प्रमुख जिल्ला अधिकारीहरुको दावी रहेको छ। कोरोना संक्रमणक नियन्त्रणको लागि निषेधाज्ञा बाहेक अन्य विकल्पहरु नखोजिदा निषेधाज्ञा लम्बिँदै गएको छ।

काठमाडौं उपत्यकाभित्र आजबाट लागू हुने गरी सात दिनसम्म निषेधाज्ञा गरिएको छ। काठमाडौं उपत्यका झैं अन्य जिल्लाहरुमा पनि निषेधाज्ञा थप गरिएको छ। तर, पहिलेको तुलनामा केही खुकुलो प्रणालीबाट निषेधाज्ञा कार्यान्वय गरिरहेको छ।

डेढ महिनादेखि देशभर निषेधाज्ञा जारी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell