PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

खकुलिएको निषेधाज्ञाका दृश्य : सडकमा बाक्लियो गाडीको सङ्ख्या, खुले पसल

खकुलिएको निषेधाज्ञाका दृश्य : सडकमा बाक्लियो गाडीको सङ्ख्या, खुले पसल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकाभित्र आजबाट निषेधाज्ञा थपिए पनि त्यसका केही प्रावधानहरु लचिलो बनाइएको छ। अर्थात् निषेधाज्ञा केही खुकुलो पारिएको छ।

वैशाख १६ गतेदेखि बन्द भएका केही पसलहरु खुल्दा मानिसको चहलपहल देखिएको छ। सडकमा सवारी साधनको चाप पनि बढेको छ। काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले होटेल तथा रेष्टुरेष्टहरुलाई टेक अवे तथा होम हेलिभरी सेवा दिँदा पनि सडकमा सवारी चाप परेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५० बढी स्थान चेक प्वाइन्ट राखेर चेकिङ गरिरहेको छ। प्रहरीले अनुमति नपाएका सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

पुस्तक पसल, हार्डवेयर, कृषी सामाग्रीका पसलहरु समेत खुलेका छन्। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। यसअघि खाद्यान्न, फलफुल, तरकारी, दूध तथा माछामासुको पसलहरुलाई बिहान ९ बजेसम्मका लागि खोल्न अनुमति दिइएको थियो। निर्माण सामाग्रीका पसल भने दिउँसो ४ बजेपछि मात्र खुल्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell