PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

युरो कपमा आज 'ग्रुप अफ डेथ'का दुई खेल: पोर्चुगललाई हंगेरीको र फ्रान्सलाई जर्मनीको चुनौती



पहिलोपोस्ट

युरो कपमा आज 'ग्रुप अफ डेथ'का दुई खेल: पोर्चुगललाई हंगेरीको र फ्रान्सलाई जर्मनीको चुनौती

यूईएफए युरो कपमा आज दुई खेलमा हुँदैछन्। प्रतियोगिताको 'ग्रुप अफ डेथ' मानिएको समूह एफका खेलहरु आज हुँदैछन्। यो समूहमा युरो कपको पूर्व विजेता पोर्चुगल सहित विश्वकप विजेता फ्रान्स, विश्वफुटबलको महारथी जर्मनी र बलियो मानिएको हंगेरी रहेका छन्।

आज हुने पहिलो खेलमा पोर्चुगल र हंगेरी पौने १० मा हंगेरीको वुडापेस्ट स्थित फेरेन्क पुस्कस स्टेडियममा आमनेसामने हुनेछन्। पोर्चुगलले अहिले सम्मका १३ खेलमा हंगेरीसँग पराजय ब्यहोरेको छैन। यी खेलमध्ये ९ खेलमा पोर्चुगलले जित निकालेको थियो भने ४ खेल बराबरीमा रोकिएका थिए। अझ भन्ने हो भन्ने पोर्चुगलले सबैभन्दा धेरैपटक हराएको टोली नै हंगेरी हो।

त्यस्तै दोस्रो खेलमा प्रतियोगिताको उपाधिका बलियो दाबेदार मानिएका फ्रान्स र जर्मनी बेलुकी पौने १ बजे जर्मनीको म्युनिख स्थित एलिनाज एरेनामा आमनेसामने हुनेछन्।मुख्य प्रतियोगितामा फ्रान्स र जर्मनीको यो छैठौं भेट हो। यसअघि २०१६ को युरोकपको सेमिफाइनलमा फ्रान्सले एन्टोनी ग्रिजमनको दोहोरो गोलमा जर्मनीलाई २-० ले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell