PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

७५ दिन यताकै कम संक्रमित, स्थिति सुधारिँदै भारतको



पहिलोपोस्ट

७५ दिन यताकै कम संक्रमित, स्थिति सुधारिँदै भारतको

भारतमा गएका ७५ दिन यताको सबैभन्दा कम संक्रमण संख्या रेकर्ड भएको छ। चौबीस घन्टामा भारतमा ६० हजार ४ सय ७१ जना नयाँ संक्रमित थपिएका छन्। साथै मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ। चौबीस घन्टामा २ हजार ७ सय २६ जना संक्रमितको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार भारतमा यही अवधिमा १ लाख १७ हजार ५ सय २५ जना निको भएका छन्। भारतमा अहिले ९ लाख १३ हजार ३ सय ७८ जना मानिसमा संक्रमणको एक्टिभ केस छ।

अहिलेसम्म भारतमा २ करोड ९५ लाख ७० हजार ८ सय ८१ जनामा कोभिड १९ को संक्रमण भइसकेको छ। २ करोड ८२ लाख ८० हजार ४ सय ७२ जना ठीक भइसकेका छन् भने ३ लाख ७७ हजार ३१ जनाले अहिलेसम्म ज्यान गुमाएका छन्। भारतका २५ करोड ९० लाख ४४ हजार ७२ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell