PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दीपक-दीपा र जितु नेपालबिच सम्बन्ध सुधारको संकेत?



पहिलोपोस्ट

दीपक-दीपा र जितु नेपालबिच सम्बन्ध सुधारको संकेत?

काठमाडौं : मंगलवार हाँस्य कलाकार जितु नेपालको जन्मदिन। कलाकार दीपकराज गिरीले जितुलाई सामाजिक सञ्जालमार्फत्‍ जन्मदिनको शुभकामना दिए। कामनासँगै उनले आफूहरूको मतभेदबिच  सहयात्रा नरोकिएको बताएका छन्।

'तपाईंसँग जे छ, त्यो मसँग छैन। मसँग भएका तपाईंसँग नहुन सक्छ। सायद यही एक अर्कोसँग भएका कुरा अ‍ैचोपैचो गर्दै एउटै खोलामा मिसियौं र बग्दै गयौं निरन्तर, कहिलेकाहीँ हाम्रा मतभेदका छालहरू एक अर्कोसँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिएन र रोकिदैन पनि', दीपकले फेसबुकमा लेखेका छन्।

साथै दीपाश्री निरौलाले समेत जितुलाई फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिएकी छिन्। जसबाट उनीहरुको बिचको सम्बन्ध सुधार भएको अनुमान गर्न सकिन्छ।

केही समयअघि दीपकराज गिरी तथा दीपाश्री निरौला र जितु नेपालबीच सम्बन्धमा चिसोपना आएको थियो। जितुले कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्ष रहेकी दीपाश्रीलाई हटाएर करिष्मा मानन्धरलाई ल्याएपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चा चलेको थियो।

उक्त निर्णय आफूले हतारमा लिएको जितुले बताइसकेका छन्। दीपकदीपाले भने निर्णय लिँदा आफूहरुसँग सल्लाह लिएको भए पनि राम्रो हुने भनि प्रतिक्रिया दिएका थिए। दीपाले भने आफू विवादमा परेका कारण यस्तो अवस्था आएको समेत बताएकी थिइन्। त्यतिखेर नै राजेश हमालको बारेमा बोल्दा दीपा विवादमा परेकी थिइन्।

उनीहरुबीच अब फिल्ममा सहकार्य हुन्छ कि हुँदैन निश्चित नरहेको दुबै पक्षले बताउँदै आएका छन्। उक्त निर्णयपछि उनीहरुबीच पटक–पटक भेटघाट तथा गफगाफ भए पनि आगामी फिल्म र त्यसमा सहकार्यलाई लिएर कुनै पनि छलफल भने हुन नसकेको जितुले बताएका थिए।

दीपाले होलीको अवसरमा एक गीत ल्याएकी थिइन्। जुन गीतमा छक्का पन्जा टिमका अरु कलाकार अटे पनि जितु भने अट्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell