PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पोखरीमा बेपत्ता भएका युवक मृत भेटिए



पहिलोपोस्ट

पोखरीमा बेपत्ता भएका युवक मृत भेटिए

बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिकामा पौडी खेल्दा बेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन्। सोमवार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए।

खोजी गर्नेक्रममा मंगलवार बिहान १०:३० बजे सोही पोखरीमा श्रीसको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए। श्रीस मादक प्रदार्थ सेवन गरी पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुनसक्ने प्रहरी प्रवक्ता थापाले बताए। यद्यपि, पोस्ट मार्टम रिपोर्ट आउन बाँकी रहेको र रिपोर्ट आएपछि त्यसबारे थप खुल्ने थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell