PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

प्रहरीलाई नि:शुल्क बर्गर नदिँदा एक पाकिस्तानी रेस्टुरेन्टका सबै कर्मचारी हिरासतमा



पहिलोपोस्ट

प्रहरीलाई नि:शुल्क बर्गर नदिँदा एक पाकिस्तानी रेस्टुरेन्टका सबै कर्मचारी हिरासतमा

पाकिस्तानको लाहौर शहरमा गत साता प्रहरीलाई नि:शुल्क बर्गर नदिएको आरोपमा एक रेस्टुरेन्टका १९ जना कर्मचारीलाई हिरासत पुर्‍याइयो।

शनिवार जोनी एण्ड जुगनु नामको रेस्टुरेन्टका सबै कर्मचारीलाई प्रहरीले रातभर हिरासतमा राखेको हो। यस रेस्टुरेन्टको पाकिस्तानमा थुप्रै शाखा छन्। सञ्चालकले विज्ञप्ती जारी गर्दै यस्तो घटना पहिलो पटक घटेको जनाएको छ।

जनाइएको छ,'प्रहरीहरूले आफ्नो लागि नि:शुल्क बर्गर मागेका थिए। जुन उनीहरूका लागि साधारण विषय हो। नदिँदा सुरुमा त धम्काए र गए। पछि फेरि फर्किए र दवाव दिन थाले। ११ जुनमा प्रहरी आएर केही कारण नबताइ व्यवस्थापकलाई पक्राउ गरे। लगत्तै सबै कर्मचारीलाई लिएर गए।'

सबैलाई ७ घण्‍टा हिरासतमै राखिएको थियो।

बीबीसी हिन्दीका अनुसार घटनामा संलग्न नौ जना प्रहरी कर्मचारी निलम्बित भएका छन्। पाकिस्तानी पंजाबका आइजी इनाम गनीले भनेका छन्,'कसैसँग पनि कानूनलाई आफ्नो हातमा लिने अनुमति छैन। अन्याय सहन सकिँदैन र घटनामा संलग्न सबैलाई सजाय दिइन्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell