PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अक्षय कुमारको 'बेल बटम' आगामी महिना हलमै रिलिज हुने



पहिलोपोस्ट

अक्षय कुमारको 'बेल बटम' आगामी महिना हलमै रिलिज हुने

भारतमा कोरोनाको दोस्रो लहर आएसँगै लकडाउन भयो। अन्य क्षेत्रसँगै प्रभावित बन्यो सिनेमा क्षेत्र। जसका कारण फाट्टफुट्ट दर्शक पुगिरहेको हल समेत बन्द भए। केही फिल्मको प्रदर्शन स्थगित भयो। अक्षय कुमार अभिनित फिल्म 'बेल बटम'ले पनि रिलिज टार्गेट पूरा गरेन।

हाल उक्त फिल्मले नयाँ प्रदर्शन मिति तय गरेको छ। फिल्म आगामी महिना अर्थात् जुलाई २७ बाट रिलिज हुने भएको हो। अभिनेता अक्षय कुमारले फिल्म 'बेल बटम'क टिजर सेयर गर्दैँ उक्त जानकारी दिए।

'तपाईँहरु 'बेल बटम' को पर्खाइमा हुनुहुन्छ। यो फिल्मको रिलिज घोषणा मितिभन्दा खुशीको कुरा के हुनसक्छ छ। २७ जुलाईमा विश्वभर नै ठुला हलहरुमा फिल्म रिलिज हुनेछ।,' अक्षयकुमारले लेखेका छन्।

भारतमा अहिले सक्रमण दर घट्दो भए पनि अझै केही राज्यमा लकडाउन जारी छ। केही राज्यमा भने लकडाउन खुकुलो पार्दै लगिएको छ। दोश्रो चरणको कोरोना भाइरसको संक्रमणपछि विस्तारै सबै कुरा पुरानै लयमा फर्किन थालेका छन्।

रन्जित तिवारी निर्देशित यस फिल्ममा अक्षयकुमारका साथै अभिनेत्री वाणी कपूरको मुख्य रहेको छ। जुलाई २७ मा हलमै रिलिज भएको खण्डमा यो फिल्मले बलिउडलाई माथि उकास्न मद्दत गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell