PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

रुपन्देहीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



पहिलोपोस्ट

रुपन्देहीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बुटवलः पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीमा सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ।

बुटवल–देबदह सडक खण्डमा चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर बहादुर विकले जानकारी दिए।

उनका अनुसार मध्यान्ह साढे १२ बजेदेखि सडक अवरुद्ध भएको छ। सडक भासिएपछि गन्तव्यमा हिँडेका सवारी साधन दुवै तर्फ अलपत्र परेका छन्। राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell