PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

गुल्मीमा पहिरोको कारण दुई घर भत्किए, एक जना घाइते



पहिलोपोस्ट

गुल्मीमा पहिरोको कारण दुई घर भत्किए, एक जना घाइते

बुटवलः केही दिनदेखि भइरहेको वर्षाका कारण बाढी पहिरो जाँदा गुल्मीको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन्।

गाउँपालिकाको वडा नम्बर ५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीषा श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए।

घरका अन्य सदस्यहरु सकुशल रहेका छन्। उनिहरुको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यको टोलीले उद्धार गरेको हो। त्यस्तै वडा नम्बर एक उजुङ्गका छत्रबहादुर पछाईको घर पनि पहिरोले भत्किएको छ।

माथिबाट पहिरोसहित खसेको ठूलो ढुंगाले घरमा पूर्ण रुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन्।

उनीहरुलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ। लगातार वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरु अवरुद्ध भएका छन् भने बस्तीहरुमा पनि क्षति पुगेको छ। घटनाको विवरण आउने क्रम जारी रहेको डिएसपी पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell