PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

मुस्‍ताङमा हिमपहिरोको खतरा, लेदोसहितको बाढीले बस्ती नै जोखिममा



रासस

मुस्‍ताङमा हिमपहिरोको खतरा, लेदोसहितको बाढीले बस्ती नै जोखिममा
फाइल तस्विर : जिल्ला प्रशासन कार्यालय मुस्ताङ ।

बलेवा : मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो। हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन्।

लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए। ‘माथितिर जमेर बसेको हिउँ हुन्छ। त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो,’ उनले भने। अहिले सो क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ।

खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ। प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell