PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च बारले सिफारिस गर्‍यो एमिकस



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च बारले सिफारिस गर्‍यो एमिकस

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएसनले दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा सिफारिस गरेको छ।

वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्युरीमा सिफारिस गरिएको हो।

प्रतिनिधि सभा विघटनको रिटमा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृतवको संवैधानिक इजलासले शेरबहादुर देउवाको निवेदनमा सुनुवाइ गर्दै जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको थियो।

आदेशअनुसार सर्वोच्च बारले मुद्दामा राय दिन दुई कानुन व्यवसायीको नाम टुंगो लगाएको हो। नेपाल बार एशोसिएसनले भने अझै नाम टुंग्याइ सकेको छैन।

सर्वोच्चको आदेशमा अदालतका सहयोगी एमिकस क्युरी लगायत निवेदक तथा प्रत्यर्थी तर्फका कानून व्यवसायीहरु (सरकारी वकिल सहित)लाई असार १० गतेभित्र लिखित बहस नोट पेश गर्न पनि भनिएको छ।

यसअघि पुस ५ को प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च बारबाट २ र बार एशोसिएसनबाट ३ जना सदस्य एमिकस क्युरीमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell