PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'संस्कृति बिगार्ने खाल'का तीजका गीत नल्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह



पहिलोपोस्ट

'संस्कृति बिगार्ने खाल'का तीजका गीत नल्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

काठमाडौं : हरेक वर्ष जेठको लागेसँगै तीजका गीतहरूको रेकर्ड सुरु हुन्छन्। तर, यस वर्ष कोरोनाको दोस्रो लहरसँगै जारी निषेधाज्ञाका कारण तीजका गीत रेकर्ड र भिडियो निर्माण प्रभावित बनेको छ।

सरकारले असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो गरेपछि तीजका गीतहरू आउने सम्भावना बढेको छ। सोही अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विज्ञप्ति जारी गर्दैँ 'समाजमा विकृती ल्याउने खालका तीज गीत' नल्याउन आग्रह गरेको छ।

प्रतिष्ठानले सामाजिक सद्धभावमा खलल पुर्‍याउने एवं अभद्र र नियतबस् द्विअर्थी, अपाच्य शब्द तथा सामाग्री प्रयोग गरी संस्कूति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न अनुरोध गरेको हो।

विगतमा वर्षहरूमा तीजका गीतमा विकृती आएकाले यो वर्ष आउने गीतले तीजको महत्तव बुझोस् भनेर प्रतिष्ठानले यो अपिल गरेको अध्यक्ष रमेश बिजीले बताए।

साथै सम्पुर्ण गायक गायिका, उत्पादक रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता तथा वितरकलाई तीजको गीत बनाउँदा संस्कृतिको समेत ख्याल गर्न उनले अनुरोध गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell