PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

पाल्पाको रामपुर अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू निर्माण गर्न बजेट निकासा



रासस

पाल्पाको रामपुर अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू निर्माण गर्न बजेट निकासा
फाइल फोटो।

तानसेन : पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ। पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडीओ स्थापना गर्न संघीय सरकारले एक करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सो रकममध्ये अक्सिजन प्लान्टका लागि ७५ लाख तथा एचडीयू निर्माणका निम्ति ८० लाख रुपैयाँ बजेट निकासा भएको पूर्वमन्त्री तथा संघीय सांसद दलबहादुर रानाले जानकारी दिए। सरकारले पाल्पासँगै देशका छ अस्पतालमा थप स्वास्थ्य सेवा विस्तारका निम्ति रकम निकासा गरेको छ।

सरकारले पाल्पाको रामपुर अस्पताल, म्याग्दीको बेनी अस्पताल, रुकुम पूर्वको रुकुम अस्पताल, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल र चौरजहारी अस्पालका निम्ति अक्सिजन प्लान्ट खरिद तथा जडान, पाँच शय्याको एचडीयू, ५ शय्याको आइसीयू र दुईवटा भेन्टिलेटर जडान गर्न स्रोत सहमति माग भएअनुसार सात करोड ७० लाख रुपैयाँ विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ।

रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि बजेट विनियोजन भएको खवरले निकै खुसी लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले बताए। विभिन्न चार जिल्लाका दैनिक करिब ३०० नागरिकले सेवा लिने कुरा निकै खुसीको विषय भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell