PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भर्चुअल्ली हुँदै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ६ जना महिलाहरूले छान्दै उत्कृष्ट सिनेमा



पहिलोपोस्ट

भर्चुअल्ली हुँदै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ६ जना महिलाहरूले छान्दै उत्कृष्ट सिनेमा

काठमाडौं : नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१ आयोजना हुने भएको छ। अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको महोत्सव यस पटक भर्चुअल्ली हुँदैछ।

जुन महिनाको १७ देखि २० तारिखसम्म हुने महोत्सवमा विश्वका १४ देशका ३० वटा चलचित्रहरू प्रदर्शन हुनेछ। महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत नि:शुल्क हेर्न सकिनेछ। प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारबिच छलफल पनि हुनेछ।

प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरूलाई पुरस्कृत समेत गरिनेछ।

चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाहरूको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरूको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरूको नेटवर्कमा कोसाफको आयोजना भएको थियो।

नि:शुल्क चलचित्र हेर्ने लिंकका लागि यहाँ क्लिक गर्नुस्।


 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell