PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

जसपा अध्यक्ष यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक



पहिलोपोस्ट

जसपा अध्यक्ष यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेका छन्।

पछिल्लो राजनीतिक परिस्थितिमा महत्वपूर्ण निर्णय लिन यादवले असार ३ गते विहान ११ बजेलाई बैठक बोलाएका हुन्। बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ।

यादवले कार्यकारिणी समिति सदस्यलाई पठाएको पत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकोले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा उपस्थित भइ दिनु हुनको लागि अनुरोध गरिन्छ।’

यादवले आज विहानमात्रै विज्ञप्ति जारी गरेर कारवाहीलाई मान्यता नदिने निर्णय निष्पक्ष नभएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell