PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

निषेधाज्ञामा २७० विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’को राहत



पहिलोपोस्ट

निषेधाज्ञामा २७० विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’को राहत

जनकपुरधाम : लम्बिदो निषेधाज्ञाका कारण आयस्रोत खुम्चिएर कष्टकर जीवनयापन गर्न बाध्य बनेका दलित तथा विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’ समुदायले राहत उपलब्ध गराएको छ।

स्टोरिज अफ नेपालले निषेधाज्ञाको अवधिमा २७० दलित तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएको हो। पछिल्लो पटक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित दलितबस्तीका ८० घर परिवारलाई राहत वितरण गरिएको हो।

यसअघि सिरहाको लहान नगरपालिका वडा नम्बर १५ लगराहा तथा वडा नम्बर २४ डाँडाटोल मुसहरबस्तीका ६० घरपरिवार, महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नम्बर १० स्थित मधवा गाउँमा मुसहर समुदायका ७० घरपरिवार र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा ६० घरपरिवारका लागि खाद्यान्न तथा व्यक्तिगत हेरचाह सामग्री वितरण गरिएको थियो।

अशिक्षा, बेरोजगारी र जातिय भेदभावका कारण पिछडिएको दलित समदुायले चरम गरिबीको सामना गरिरहँदा कारोना महामारी र लम्बिदो निषेधाज्ञाका कारण छाक टार्ने समस्या खेप्नु परिरहेको अवस्थामा प्रदेश २ का सबै जिल्लामा सके जति विपन्न परिवारलाई खाद्यान्न तथा व्यक्तिगत हेरचाह सामाग्री वितरण गरिएको स्टोरिज अफ नेपालका स्वयंसेवक विकास साहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell