PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जडिबुटीमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

जडिबुटीमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले मंगलबार राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेको छ।  संसद भवनअघि आज सरकारविरुद्ध प्रदर्शनमा उत्रेको नेविसंघले जडिबुटीमा पनि विरोध प्रदर्शन गर्‍यो।

कोटेश्वर बहुमुखी क्याम्पसका नेविसंघ नेताहरुले जडिबुटीमा प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच केहीसमय घम्साघम्सी भएको थियो।

प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ नेताहरुलाई पक्राउ गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell