PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यी हुन् प्रतिनिधिसभा विघटन मुद्दामा इजलासलाई राय दिने चार एमिकस क्युरी



पहिलोपोस्ट

यी हुन् प्रतिनिधिसभा विघटन मुद्दामा इजलासलाई राय दिने चार एमिकस क्युरी

काठमाडौंः नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा राय दिने एमिकस क्युरी सिफारिस गरेका छन्। दुबै बारले मंगलबार दुई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकसका रुपमा सिफारिस गरेका हुन्।

सर्वोच्च अदालतको जेठ २६ गतेको आदेश अनुसार दुई बारले एमिकस क्युरी सिफारिस गरेका हुन्।

नेपाल बारले पूर्वमहान्यायाधिवक्ता राघवलाल वैद्य र वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकलाई एमिकस क्युरीमा सिफारिस गरेको छ। वैद्य पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता नियुक्त भएका थिए। उनी वरिष्ठ अधिवक्ता समेत हुन्।

यस्तै, पाठक बारको पूर्वउपाध्यक्ष हुन्। यसअघि पहिलो पटक भएको प्रतिनिधिसभा विघटनमा बारले तीन सदस्यीय एमिकस सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो। यो पटक बारले एक पुरुष र एक महिलालाई एमिकसमा पठाएको हो।

यस्तै, सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीमा सिफारिस गरेको हो।

संवैधानिक इजलासमा पक्ष र विपक्षको बहस सकिएपछि एमिकसका तर्फबाट राय दिइनेछ। एमिकसमा चार सदस्यलाई राय दिन दुई घण्टाको समय यसअघि नै अदालतले तोकिसकेको छ।

असार ९ गतेबाट प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको अन्तिम सुनुवाइ हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell