PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बराबरीमा रोकिए भारत र अफगानिस्तान



पहिलोपोस्ट

बराबरीमा रोकिए भारत र अफगानिस्तान

विश्वकप क्वालिफायर्स अन्तर्गत एसिया छनोट अन्तर्गत समूह 'ई' को खेलमा भारत र अफगानिस्तान बराबरीमा रोकिएका छन्। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा भारत र अफगानिस्तान १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको ७५ औं मिनेटमा ओभियस ओजिजीको आत्मघाती गोलमा भारतले अग्रता बनाएको थियो। यद्यपि भारतको अग्रता लामो समय भने टिक्न सकेन। खेलको ८२ औं मिनेटमा होसेइन जमानीले गोल गर्दै खेल बराबरीमा ल्याए। र, १-१ को बराबरीमा खेल रोकियो।

समूह ई मा २२ अंक जोडेको कतार शीर्षस्थानमा छ भने १५ अंक जोडेको बहराइन दोस्रो, ७ अंक जोडेको भारत तेस्रो र ६ अंक जोडेको अफगानिस्तान चौथो स्थानमा छन्। त्यस्तै २ अंक जोडेको बंगलादेश तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell