PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

पहिरोले घर जोखिममा परेपछि ढोरपाटनका दुई परिवार विस्थापित



रासस

पहिरोले घर जोखिममा परेपछि ढोरपाटनका दुई परिवार विस्थापित
फाइल फोटो।

बागलुङ : निरन्तरको वर्षापछि खसेको पहिरोले घर जोखिममा परेपछि ढोरपाटन नगरपालिका-९ नवीका दुई परिवार विस्थापनमा परेका छन्। उनन्चालीस वर्षीय मीनबहादुर विक र ३३ वर्षीया मनरमा विकको घर पहिरोको जोखिममा परेको हो।

घरभन्दा १० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरमा बस्न सक्ने स्थिति नभएपछि दुवै परिवारका सदस्यले छिमेकी कहाँ आश्रय लिएका छन्। पहिरो खसेपछि प्रहरी घटनास्थल पुगेको थियो।

वर्षातका कारण ठाउँठाउँमा पहिरो खस्ने तथा जमीन भासिने भए पनि कुनै अप्रिय घटना भने अहिलेसम्म नभएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।

‘वर्षा धेरै भएकाले बाढी, पहिरोका घटना अझै बढ्न सक्छन्, सबै सजग हुनुपर्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell