A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6aae40d083b5c6.58265465): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6aae40d083b5c6.58265465,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भरी रंगशालामा हंगेरीलाई हराउँदै पोर्चुगलको सुखद सुरुवात, रोनाल्डोको दोहोरो गोल
PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

भरी रंगशालामा हंगेरीलाई हराउँदै पोर्चुगलको सुखद सुरुवात, रोनाल्डोको दोहोरो गोल



पहिलोपोस्ट

भरी रंगशालामा हंगेरीलाई हराउँदै पोर्चुगलको सुखद सुरुवात, रोनाल्डोको दोहोरो गोल
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ। फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो।

६१ हजार दर्शकलाई अनुमति दिइएको खेलमा स्टेडियमभरी दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८४ औं मिनेटमा राफेल गुएर्रइरोले अग्रता बनाएका थिए। त्यसको तीन मिनेट नबित्दै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल थपे। त्यस्तै ९२ औं मिनेटमा रोनाल्डोले नै ब्यक्तिगत दोस्रो गोल थप्दा पोर्चुगलले ३-० को सहज जित निकाल्दै 'ग्रुप अफ डेथ' मानिएको समूह 'एफ' मा तीन अंक जोडेको छ।

त्यस्तै आजै हुने दोस्रो खेलमा प्रतियोगिताको उपाधिका बलियो दाबेदार मानिएका फ्रान्स र जर्मनी बेलुकी पौने १ बजे जर्मनीको म्युनिख स्थित एलिनाज एरेनामा आमनेसामने हुनेछन्। मुख्य प्रतियोगितामा फ्रान्स र जर्मनीको यो छैठौं भेट हो। यसअघि २०१६ को युरोकपको सेमिफाइनलमा फ्रान्सले एन्टोनी ग्रिजमनको दोहोरो गोलमा जर्मनीलाई २-० ले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell