PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान नै कीर्तिमान



पहिलोपोस्ट

पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान नै कीर्तिमान
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ। फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८४ औं मिनेटमा राफेल गुएर्रइरोले अग्रता बनाएका थिए। त्यसको तीन मिनेट नबित्दै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल थपे। त्यस्तै ९२ औं मिनेटमा रोनाल्डोले नै ब्यक्तिगत दोस्रो गोल थप्दा पोर्चुगलले ३-० को सहज जित निकाल्यो।

पोर्चुगलको जितमा दोहोरो गोल गरेसँगै रोनाल्डो युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले युरो कपमा कुल ११ गोल पुर्‍याएका छन्। सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डोपछि फ्रेन्च पूर्वखेलाडी मिचेल प्लाटिनी छन्। उनले कुल ९ गोल गरेका छन् भने इङ्ग्लिस फुटबलर एलन सिएरेरले ७ गोल तथा फ्रेन्च खेलाडी एन्टोनी ग्रिजमनले ६ गोल गरेका छन्।

त्यस्तै रोनाल्डोले करियरको १०६ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलरमा सर्वाधिक गोल कर्ता बन्न तीन गोलले पछिछन्। सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचिमा १०९ गोल गरेका इरानका अलि डेइ छन्।

त्यस्तै रोनाल्डोले पेपेको रेकर्डलाई पछि पार्दै पोर्चुगलका लागि गोलगर्ने सबैभन्दा पाका खेलाडी बनेका छन्। उनले आज ३६ वर्ष १३० दिनको उमेरमा गोल गरेका थिए।

आजै हुने दोस्रो खेलमा प्रतियोगिताको उपाधिका बलियो दाबेदार मानिएका फ्रान्स र जर्मनी बेलुकी पौने १ बजे जर्मनीको म्युनिख स्थित एलिनाज एरेनामा आमनेसामने हुनेछन्। मुख्य प्रतियोगितामा फ्रान्स र जर्मनीको यो छैठौं भेट हो। यसअघि २०१६ को युरोकपको सेमिफाइनलमा फ्रान्सले एन्टोनी ग्रिजमनको दोहोरो गोलमा जर्मनीलाई २-० ले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell