PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

राप्ती नदिको टापुमा फसेका चार जनाको १९ घण्टापछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार



पहिलोपोस्ट

राप्ती नदिको टापुमा फसेका चार जनाको १९ घण्टापछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार

काठमाडौंः बाढीको कारण १९ घण्टादेखि टापुमा फसेका चार जना व्यक्तिको उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल २९ ज्वाला माई गणबाट प्रहरी उपरीक्षक टोप बहादुर खनालको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले दाङको राप्ति नदीबिचको टापुमा रहेका उनीहरूलाई आज उद्धार गरेको हो।

लमही नगरपालिका वाड नम्बर ७ हसनापुर र राजपुर गाउँपालिका वाड नम्बर २ बेला स्थित राप्ति नदिको बिच टापुमा मंगलबार दिउँसो २ बजेबाट उनीहरू फसेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

दिउँसो गाई बस्तु चराउन पुगेका उनीहरू वर्षाको कारण टापुको दुबैतिर बग्ने राप्ति नदिमा बाढी आएपछि उनीहरू गाई बस्तुसँगै फसेका थिए।

प्रहरीले लमही बस्ने मन्सराम चौधरि, राजपुर २ बस्ने ५० वर्षीया सावित्री यादव, २६ वर्षीय राधेश्याम यादव र राजपुर ३ बस्ने २५ वर्षीय गणेश यादवको उद्धार गरेको जानकारी दिएको छ। उनीहरू हिजो राति ९ बजेतिर टापुमा रहेको जानकारी पाएपछि सशस्त्र प्रहरी उद्धारमा जुटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell