PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

बाढीमा फसेकालाई डोरीमा झुन्ड्याउँदै यसरी सेनाले गर्दैछ 'एयरलिफ्ट'

बाढीमा फसेकालाई डोरीमा झुन्ड्याउँदै यसरी सेनाले गर्दैछ 'एयरलिफ्ट'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः ' एयर लिफ्ट गरेर आज बिहान तीन जनाको उद्दार गरेका छौं। अरुको पनि उद्दार गर्ने काम भइरहेको छ,' नेपाली सेनाका प्रवक्ता सन्तोष वल्भव पौडेलले भने।

रातभरी बाढी र पहिरोले घरभित्र नै थुनिएका तीन जनाको नेपाली सेनाले उद्दार गरेको हो। उनीहरुलाई मेलम्चीकै अर्को सुरक्षित ठाउँमा उद्दार गरेको थियो। नेपाली सेनाको एमआइ ७० हेलिकप्टरले अहिले एयर लिफ्टीङबाट उद्दार गरिरहेको छ।

हेलिकप्टर बस्न नसक्ने भएकाले एयर लिफ्टिङ गरिएको हो। अहिलेसम्म सिन्धुपाल्चोकमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। त्यस्तै ७ जना बेपत्ता भएका छन्। कति मानिस अझैं उद्दारको अपेक्षामा बसेका छन् पत्तो छैन।

 



ट्रेन्डिङ पोस्ट

Ncell