PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

बाढीले मेलम्ची खानेपानी आयोजनाका एक चिनियाँ र दुई भारतीय कामदार घाइते, हेलिकप्टरबाट गरियो उद्धार



दिनेश खड्का

बाढीले मेलम्ची खानेपानी आयोजनाका एक चिनियाँ र दुई भारतीय कामदार घाइते, हेलिकप्टरबाट गरियो उद्धार

काठमाडौं : बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक चिनियाँ र दुइ भारतीय नागरिक घाइते भएका छन्। 

उनीहरुलाइ हेलिकप्टर मार्फत उद्धार गरेर उपचारका लागि काठमाडौंको बी एण्ड बी अस्पताल ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए।  उनका अनुसार  घाइते तीन मध्ये चिनियाँ नागरिकको अवस्था गम्भीर छ। उनीहरु बाढी आएपछि भाग्दा घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।

आयोजनाबाट थप १६ जना कामदार उद्धार गरेर धुलिखेल अस्पताल ल्याइएको छ। उनीहरुको त्यहाँ उपचार हुने र थप उपचारको आवश्यकता परे काठमाडौं ल्याउन  गाडी तयार अवस्थामा राखिएको श्रेष्ठले बताए। मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा बाढी पसेको थियो। के कति क्षति भयो भन्ने विवरण आइनसकेको श्रेष्ठको भनाइ छ। मेलम्ची खानेपानी आयोजनाका कामदारहरु बस्ने क्याम्प बगाएको छ। बेलीब्रिज बगाएका कारण कतिपय कामदारहरु बाहिर सुरक्षित ठाउँमा आउन सकेका छैनन्।

'उद्धारको प्रयास भइरहेको छ। पानी परेका कारण हेलिकप्टर त्यहाँ जान सकेको छैन,' उनले भने, 'पानीकै कारण हेलिकप्टर धुलिखेलमा राखिएको छ।' दुईवटा हेलिकप्टर मार्फत् आयोजनाका कामदारहरु उद्धारको प्रयास भइरहेको छ। 

'१५/२० जना फसेको भन्ने जानकारी आएको छ। ९ जना जतिसँग सम्पर्कमा छैनन्। सम्पर्कमा भएकाहरु बेलिब्रिज नहुँदा बाहिर निस्कन सकेका छैनन्,' उनले भने। मेलम्चीमा कति कामदार थिए भन्ने एकिन विवरण नै आयोजनासँग छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell