PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

गाजामा इजरायलको हवाइ आक्रमण



पहिलोपोस्ट

गाजामा इजरायलको हवाइ आक्रमण

इजरायलले गाजामा हमास आतंकवादीहरूविरुद्ध हवाइ आक्रमण गरेको छ। बीबीसीका अनुसार बुधवार गाजा क्षेत्रबाट विष्फोटनको आवाज आएको थियो।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) का अनुसार उक्त इलाकाबाट मंगलवार आगो लगाउने बेलुनहरू प्रक्षेपण गरिएको कारण कारवाही गरिएको हो। आइडिएफको लडाकु विमानले गाजा र खान यूनुस शहरलाई निशाना बनाएर आक्रमण गरेको थियो। जारी विज्ञप्तिमा भनिएको छ,'यी ठाउँहरूमा आतंकवादी गतिविधि भइरहेको थियो। यी गतिविधिलाई मध्यनजर गर्दै आइडिएफ युद्ध सुरु गर्न तयार भएको हो।'

हालसम्म इजरायलले भएको हमलाका कारण भएको नोक्सानीको विवरण स्पष्ट भएको छैन।

नयाँ गठबन्धन सरकार बनिसकेपछि इजराइल र हमासबिच यो पहिलो हिंस्रात्मक झडप हो। गत मे महिनामा दुई पक्षबिच दुबै पक्षबिच ११ दिन लामो युद्ध चलेको थियो। मेको २१ तारिखमा दुईबिच युद्ध बिराम भएको थियो।

मंगलवार पुन: यहूदी राष्ट्रवादीहरूले इजरायलले कब्जा गरेको पूर्वी यरुसलममा जुलुस प्रदर्शन गरेका थिए। त्यसपछि गाजामा शासन चलाउने चरमपन्थी संगठन हमासले धम्की दिएको थियो।

उनीहरूले बेलुनमार्फत् लगाएको आगोका कारण कम्तिमा २० दुर्घटना भएको इजरायली फायर सर्भिसले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell