PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने



रिना थापा

गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्। गत शनिवार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। 

६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्चले खारेज गरेपछि सांसद  संख्या ५९ रहेको छ। 

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक छ। प्रदेशमा सत्तापक्ष कांग्रेसका १५, नेकपा (माओवादी) ११, नेकपा (एमाले) २७, राष्ट्रिय जनमोर्चा २, जनता समाजवादीका २ र एक स्वतन्त्र सांसद छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell