PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

घरभित्रबाट खानेकुरा निकाल्न भ्याउँदा नभ्याउँदै फेरि पर्न थाल्यो पानी...

घरभित्रबाट खानेकुरा निकाल्न भ्याउँदा नभ्याउँदै फेरि पर्न थाल्यो पानी...

प्रवीण रानाभाट/पहिलोपोस्ट


मेलम्ची : इन्द्रावती नदीको भेल केही कम हुन थालेपछि थोरै भए पनि राहतको सास फेरेका थिए यहाँका बासिन्दाहरूले। अब त पानी पर्नासाथ आत्तिन थालेका छन् उनीहरू। यस क्षेत्रमा फेरि पानी पर्न सुरु भएको छ। पानी नपर्दा बचेका घरबाट सामान निकालिरहेका मानिसहरुको काम बिथोलिएको छ। उनीहरूले सामान निकाल्ने काम हालका लागि रोकेका छन्। 

केहीले आलुका बोरा, तरकारी र खानेकुरा भने जसरी पनि सुरक्षित ठाउँतिर लगे। किनकि भोक त लाग्छ! बजार पूरै हिलोले ढाकिएपछि साँझ बिहान छाक टार्ने जोहो गर्नुको विकल्प छैन। त्यसैले जोखिम मोलेरै उनीहरुले खाद्यान्न निकालेका हुन्। 

खानेकुराको जति धेरै चासो रह्यो, त्यति नै चिन्ता थियो - गाईवस्तुको। रातिदेखि नै हिलोमा गाडिन थालेपछि बस्तुभाउलाई त्यहाँबाट उनीहरूले उम्काएका थिए। बिहान ५ बजेतिर पुल भत्कियो र कतिपय घरमा पुरिन बाँकी ठाउँ पनि छोपिन पुग्यो। 

यहाँका मानिसहरु राति खोला बढ्न थालेपछि घर छाडेर हिँडेका थिए। राति ८ बजे घर छाडेको मञ्जु धितालले बताइन्। उनी र उनका दाजु भाइ गरी ८ जनाको परिवारले ज्यान जोगाउन घर छाड्यो। त्यसैले पानी कम भएपछि बिहान उनीहरूले केही सामान निकाल्न भ्याएका थिए। फटकसिलाबाट बहिनी ज्वाइँ आएर उनीहरूलाई सघाइरहेका थिए। मेलम्चीमा धिताल परिवारको मात्र होइन, धेरैको हालत यस्तै छ।  

फेरि पानी दर्किन थालेपछि उनीहरु आत्तिएका छन्। बिचमा पानी रहँदा धिताल परिवारले चार धोक्रा धान भने निकाल्न भ्याए। थोरै लत्ताकपडा बचाउनु पनि उनीहरूका लागि कम सकसपूर्ण काम रहेन।



ट्रेन्डिङ पोस्ट

Ncell