PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

युरो कपमा आज तीन खेल: पहिलो खेलमा रसियालाई फिनल्याण्डको चुनौती



पहिलोपोस्ट

युरो कपमा आज तीन खेल: पहिलो खेलमा रसियालाई फिनल्याण्डको चुनौती

यूईएफए युरोकपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'बी' का रसिया र फिनल्याण्ड भिड्दैछन्। समूहको पहिलो खेलमा बेल्जियमसँग पराजय ब्यहोरेको रसियाको यो प्रतियोगितामा पहिलो जितको खोजी हुनेछ भने आफ्नो पहिलो खेलमा डेनमार्कलाई हराएको फिनल्याण्ड जित निकाल्दै समूहमा आफ्नो स्थान बलियो बनाउने लक्ष्य हुनेछ। खेल बेलुकी पौने ७ बजे रसियाको क्रिस्टोभ्स्की स्टेडियममा हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा टर्की र वेल्स आमनेसामने हुनेछन्। उद्घाटन खेलमा इटलीसँग फराकिलो अन्तरले पराजय ब्यहोरेको टर्की पहिलो जितको खोजीमा रहनेछ भने आफ्नो पहिलो खेलमा स्वीजरल्याण्डसँग १/१ को बराबरी खेलेको वेल्स स्पस्ट तीन अंकको खोजीमा हुनेछ। बाकु इन्टरनेशनल स्टेडियममा यी दुई टोलीबीचको खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। यो खेलमा ३० हजारको हाराहारीमा दर्शकको उपस्थित रहने अनुमान गरिएको छ।

त्यस्तै भरे राति हुने तेस्रो खेलमा समूह 'ए' कै इटली र स्वीजरल्याण्ड भिड्नेछन्। इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा हुने खेल राति पौने १ बजे सुरु हुनेछ। इटलीले उदघाटन खेलमा टर्कीलाई ३-० को फराकिलो गोलअन्तरले हराएको थियो भने स्वीजरल्याण्डले वेल्ससँग १-१ को बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell