PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने!



पहिलोपोस्ट

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने!

काठमाडौं: विश्वकप छनोट र एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणका खेलहरु सकिएका छन्। दोस्रो चरण सकिँदा नेपाल समूह 'बी' मा चौथो स्थानमा रहँदै टुंग्याएको थियो। यसअघि नेपालले प्लेअफ खेल्नुपर्ने भनिएकोमा एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले जारी गरेको नयाँ प्रकृया अनुसार  नेपाल छनोटको तेस्रो चरणमा प्रवेश गरेको हो।

दोस्रो चरणका शीर्ष स्थानका ८ टिम, दोस्रो स्थानका मध्ये शीर्ष ४ टिम र आयोजक चीन गरी १३ टिम (सिरिया, अस्ट्रेलिया, इरान, साउदी अरेबिया, जापान, युएई कोरिया रिपब्लिक, चीन, ओमन इराक, भियतनाम, लेबनन) ले चीनमा जुन १६ देखि जुलाइ १६ सम्म हुने एसियन कपमा स्थान सुरक्षित गरिसकेका छन्।

त्यस्तै दोस्रो चरणको खेलमा दोस्रो स्थानमा रहेका पछाडिका तीन टिम (ताजकिस्तान, उज्बेकिस्तान र कुवेत) तेस्रो स्थानमा ८ टिमहरु (बहराइन, तुर्कीमेनिस्तान, जोर्डन, प्यालेस्टाइन, मलेशिया, फिलिपिन्स, कीर्गज रिपब्लिक र इण्डिया), चौथो स्थानमा टिमहरु (थाइल्याण्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स, श्रीलंका र नेपाल) र, पाँचौ स्थानमा रहेका शीर्ष तीन टिम (म्यानमार, यमन र बंगलादेश) छनोटको फाइनल चरणमा प्रवेश गरेका छन्। त्यस्तै पुछारका चार टिम इण्डोनेशिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले प्लेअफ खेल्नेछन्। यी मध्येका शीर्ष दुई टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell